Friday, November 4, 2016

३ महिनामा १३ जनाको मृत्यु, साहुले १२ लाख मागेपछि वीरबहादुरको शव साउदीमै अलपत्र



कात्तिक १९ – नवलपरासीको राँकाचुली-४ का सबै दसैँ तिहारको उत्सवमा थिए । तर दुई वर्षअघि साउदी गएका वीरबहादुरको घरमा चाड पनि एक दिनका लागि मात्रै आयो । वीरबहादुर सुनारको घरमा दसैँको टिकाको भोलीपल्टबाट सुरु भएको रुवाबासी अझै उस्तै छ ।

दसैँको टिकाको दिन हाँसीखुसी टीका लगाएको वीरबहादुरको घर अहिले घरि चकमन्न हुन्छ त घरि रुवाबासीको कोलाहल । वीरबहादुर साउदीमा काम गर्दै गरेको ठाउँमा ढलेको खबर आएदेखि नै घर शोकमा पर्यो ।
पहिले पनि साउदी गएर फर्किएका थिए वीरबहादुर

वीरबहादुर मामाका छोरा भीमबहादुर विकसँगै पहिलोपटक झण्डै ५ वर्ष अघि साउदी जानुभएको थियो । होटलभित्रको काम पाएका दुवै जनाको कमाइ ठिकै थियो तर साहुले तीन वर्षसम्म पनि अकम्मा कार्ड अर्थात् परिचय पत्र नदिएपछि बाहिर निस्किन पनि पाउनुभएन । ‘तीन वर्षको करार अवधि सकेर एकै पटक हामी एयरपोर्ट पुग्यौं अनि घर आयौं’ भीमबहादुरले भन्नुभयो । घर फर्किएपछि भीमबहादुर विदेश जानुभएन तर वीरबहादुर तीन महिनाको विदा सकेर फर्किनुभयो ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment