Wednesday, November 9, 2016

डोनाल्ड ट्रम्पको विद्रोह


कस्ता मानिस हुन् त ४५ औं राष्ट्रपति ?

डेढ वर्ष लामो चुनावी प्रचारमा गरेका अप्रत्यासित ट्वीट र मनपरी भाषण पछि केही यकिन गर्न मुस्किल छ । ट्रम्पले राष्ट्रपतिका रुपमा सामान्य काम कारवाही पनि कसरी गर्छन् हामीलाई थाह छैन । राष्ट्रपतिको उम्मेदवार भएपछि आफूले तिरेको करको विवरण सार्वजनिक गर्ने दुवै पार्टीको ४० वर्ष लामो संस्कृति पनि उनले तोडेका छन् । यस्तो उनमा कस्तो प्रकारको आर्थिक 'लाभहानी' छ हामीलाई त्यो पनि थाह छैन । उनी कुनै कुरामा दत्तचित्त भएर तार्किक निष्कर्षमा पुग्ने क्षमता राख्छन् या राख्दैनन् त्यो पनि थाह छैन । विश्वकै सबैभन्दा ठूलो आणविक हतियार भण्डार माथि नियन्त्रण राख्नुको अर्थप्रतिको उनको सोच के हो भन्ने हामीलाई थाह छैन ।

हामीलाई उनको बारेमा के थाह छ भने– उनी अमेरिकी आधुनिक इतिहासमा राष्ट्रपति निर्वाचित हुने सबैभन्दा कम तयारी गरेका व्यक्ति हुन् । उनको शब्द र कार्यशैलीबाट उनी मानसिक रुपमा ३२ करोड जनसंख्या भएको विविधतायुक्त देशलाई नेतृत्व दिन असक्षम रहेको हामीलाई थाहा छ । उनले आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई जेल हाल्ने धम्की दिएको र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्घोष गरेको हामीलाई थाहा छ । उनी धकै नमानी झुठ बोल्छन् भन्ने पनि हामीलाई थाह छ ।

उनले धनाड्यहरुले तिर्नुपर्ने करमा कटौती गर्ने र करोडौं अमेरिकीले उपभोग गरिरहेको सुलभ सेवा ऐन अन्तर्गत स्वास्थ्य सेवा विमालाई फिर्ता लिने बताएका छन् । उनले महिलाको बेइज्जत गरेका छन्, इश्लामिक आप्रवासीलाई धम्क्याएका छन्, आफ्ना सहयोगीका रुपमा रंगभेदी र जातिवादीलाई प्रमुख स्थान दिएका छन् । ट्रम्पको उदयलाई बिना कुनै शंका महत्व दिनेले, एकपटक सोच्नुपर्ने बेला भएको छ । जातिवादी अमेरिकी राजनीतिज्ञ डेभिड ड्युकले मंगलबार राति ट्रम्पको विजयलाई यसरी बयान गरेका छन्– ‘अब अमेरिका पुन: प्राप्त गर्ने समय आएको छ !’
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment