Monday, November 7, 2016

स्मार्टफोन ह्याङ भएर हैरान भइरहनु भएको छ? यसरी गर्नुहोस् समाधान... भिडियो ==>>




स्मार्टफोन अहिले सबैको आधारभूत आवश्यकता जस्तै बन्दै गइरहेको छ। स्मार्टफोनको विकास र विस्तारसँगै धेरै मानिसहरु प्राय एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइल बोक्ने गरेका छन्। उनीहरुले बोक्ने गरेका स्मार्टफोनहरुले जति सुविधा दिएको छ, त्यति नै ह्याङ भएर दुविधा बनाइरहेको छ।फलस्वरुप प्रयोगकर्ताहरु कहिलेकाही तनावमा हुने गर्छन्। यदि तपाई पनि यसको सिकार हुनु भएको छ भने यसरी ह्याङ हटाउनुहोस्।

धेरै एप्सहरु खुल्ला नराख्नुहोस्

प्राय हामी स्मार्टफोन चलाउँदा एकै पटक धेरै एप्सहरु खुल्ला राखेका हुन्छौ। अनि त्यही बेला पुन होम पेजमा गएर अर्को एप्स खोल्छौ। जसका कारण स्मार्टफोन पूरै ह्याङ भएर बस्छ। किनकी ब्याक गरेको बेला तपाईले खोलेको एप्स बन्द भएको हुँदैन्। त्यो त मात्र मिनिमाइज भएको हुन्छ। यस्तो अवस्थामा त्यो एप्स मोवाइलको ब्याकग्राउण्डमा भने चलिरहेको हुन्छ। यसरी ब्याकग्राउण्डमा एप्स चलिरहँदा यसले मोवाइलको र्‍याम लिइरहेको हुन्छ। यदि तपाई इन्टरनेटसँग जोडिनु भयो भने ती एप्सहरुले आफूलाई चाहिने अपडेटहरु फटाफर लिन थाल्छ। यकारण कुनै पनि एप्स चलाएपछि मोबाइलको नेभिगेसन किबाट उक्त एप्सलाई बन्द नगर्न नभुल्नुहोस्।

स्मार्ट फोनमा बढी भएको क्यासेस हटाउनुहोस्

आजकाल प्राय धेरैले मवबाइल बाट नै इन्टरनेट ब्राउज गरिरहेका हुन्छन्। उनीहरुले इन्टरनेटमा धेरै नै ब्राउजर समेत प्रयोग गर्ने गर्दछन्। ब्राउजर खोलेपछि पेज फेरी हेर्न सजिलो होस् भनेर ती पेजका क्यास र टेम्पोररी फाइलहरू सेट भित्रै बस्छन्। जसले अर्को पटक त्यही साइट खोल्दा सजिलै खुल्छ। तर यसरी चलाउँदै गर्दा त्यहाँ क्यास थुप्रिदै जान्छ र मोबाइलमा मेमोरी धेरै भएर स्मार्टफोन नै स्लो बनाइदिन्छ। त्यकारण बेलाबेलामा स्मार्ट फोनमा बढी भएको क्यासेस हटाउनुहोस्।

थर्ड पार्टीको सफ्टवेयर प्रयोग नगर्नुहोस्


अहिलेको दुनियाँ एप्सको छ। त्यही माथि हामी धेरै कुरा एप्समै चलाउन खोज्छौ मोबाइलको सहायतामा। तर कतिपय हामीले आइओस र एन्ड्रोइडले आधिकारिक ठानेका एप्सहरु नचलाएर थर्ड पार्टी ल्याएको एप्सहरु सजिलोका लागि भनेर प्रयोग गर्छौ। जसले एप्स स्वयमलाई र स्मार्टपोनलाई नै असर पुर्याउने गर्दछ। त्यसकारण थर्ड पार्टीको सफ्टवेयर प्रयोग नगर्नु नै उत्तम हुन्छ।

स्मार्टफोनमा स्टोरेज काम राख्‍नुहोस् हामीले प्रयोग गर्ने स्मार्टफोनमा दुई किसिमको स्टोरेज प्रयोग भएको हुन्छ। एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै मेमोरीमा भएको एक्सर्टनल। यदि प्रयोगकर्ताले एक्सर्टनल स्टोरेज (मेमोरी कार्ड) नराखेमा उसले खिचेको फोटो भिडियो, एप्सहरु सबै इन्टरनलमा राख्नुपर्ने हुन्छ। जसको कारण मोबाइल भरिएर ह्याङ हुन जान्छ। त्यसकारण मोबाइलमा एक्सर्टनल स्टोरेज राख्नुहोस। तपाईको स्मार्टफोन ह्याङ हुँदैन।

जे पायो त्यही विज्ञापनमा नथिच्नुहोस्

मोबाइलमा समाचार वा कुनै पनि साइट खोल्दा धेरै नै विज्ञापनहरु आइरहेको हुन्छ। एप्स डाउनलोड गर्दा कहिले काँही नचाहिने एप्सहरु पनि सोही एप्सहरुसंग मिसिएर इन्स्टल हुन सक्छ । कहिलेकाँही वेवसाइट वा एप्समा आउने जुन पायो त्यही विज्ञापन थिच्दा पनि यस्तो हुन सक्छ । यसरी आएका एप्सहरु देखिदैनन् तर यसले मोवाइललाई स्लो बनाउन भुमिका खेलिरहेका हुन्छन् ।

बेलाबेलामा फोनलाई रिस्टार्ट गर्नुस्..

हामीले मोबाइल किनेदेखि हतपत्त स्विच अफ नै गर्दैनौ। पानीमा परेर वा अन्य कुनै समस्या परे मात्रै स्विचअफ हत्तपत्त मोबाइललाई स्विच अफ गर्दैनौ। लगातार स्विच अफ नभएर लामो समयसम्म काम गरिरहँदा पनि मोबाइल फोन स्लो हुन सक्छ । त्यसैले कमसेकम हप्ताको एक पटक मोवाइल फोन अफ गरेर त्यसको ब्याट्रि र मेमोरी कार्डलाई झिकेर फेरी राखेर रिस्टार्ट गर्दा स्लो हुने समस्या केही घट्न सक्छ। अनावश्यक एप्सहरु हटाउनुहोस्.. स्मार्टफोनमा अनावश्यक एप्सहरु हटाउनुहोस्। किनकी नचाहिने एप्सहरु इन्स्टल गरेमा फोनको स्टोरेज र र्‍याम दुबै ओगटेर बसेको हुन्छ। यसले मोबाइललाई नै स्लो बनाउँछ। कुनै दुवै एप्स एउटै प्रकृतिको छ भने त्यसलाई हटाउनुहोस्।

ओरिजिनल चार्जरको छनोट गर्नुहोस्..


आजकाल बजारमा स्मार्टफोनको चार्जर निक्कै नक्कली आइरहेको हुन्छ। त्यसकारण तपाईको स्मार्टफोनमा डुब्लिकेट चार्जरको प्रयोग नगर्नुहोस्। सकभर ओरिजिनल नै खोज्नुहोस्। यसले तपाईको मोबाइललाई सञ्चालन गर्न सजिलो बनाउँछ। अर्थात आफूले जुन कम्पनीको मोबाइल चलाउनुहुन्छ त्यही सेटको ओरिजिनल चार्जर नै प्रयोग गर्नुहोस्। यसले मोबाइल बिग्रनबाट बचाउनुका साथै चार्ज टिक्ने बनाउँछ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment