Friday, November 11, 2016

जर्मन महावाणिज्य दूतावासमा आक्रमण हुदा छ को मृत्यु ११५ घाइते... भिडियो हेर्नुहोस ==>>


अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ ।

आक्रमणमा परी छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ११५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक कार महावाणिज्य दूतावासको पर्खालमा ठोकाएको स्थानीय प्रहरी प्रमुख सयेद कमाल सदातले एएफपी समाचार समितिलाई बताएको छ ।

यस माहिनाको सुरुमा अमेरिकासँग आवद्ध हवाई आक्रमणमा परी ३२ भन्दाबढी सर्वसाधारणको मृत्युकोले ‘बदलामा उक्त आक्रमण’ गराइएको तालिवान आतङ्ककारी समूहले जानकारी दिएका छन् । आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला भएका बताइएको छ । घाइते सबैलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । जर्मन विदेश मन्त्रालयले आक्रमणमा दूतावासका कर्मचारी नपरेको जानकारी दिएको छ । तर दूतावास भवन भने नराम्ररी ध्वस्त भएको बताइएको छ ।

यसमा के कति अफगान नागरिक, सुरक्षा अधिकारी मारिएका वा घाइते भएका त्यस एकिन सङ्ख्या प्राप्त नभएको पनि विदेश मन्त्रालयले जानकारी दिएको छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment