Monday, November 7, 2016

अवैध रुपमा एटिएमबाट रकम निकाल्ने तीन रोमानियन नागरिक पक्राउ


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रुपमा रकम निकाल्ने तीन रोमानियाका नागरिकलाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले काठमाडौँका दरबारमार्ग, ठमेललगायतका स्थानबाट हिँड्न क्यामरा प्रयोग गरी रकम निकालेको अभियोगमा शुक्रबार घिता हुजुम, ओसिप मोरारु र एलेक्स क्रिष्टियन बुगाहिरुलानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले ती अभियुक्तबाट रु तीन लाख आठ हजार ५०० नेपाली र १० हजार ९०५ युरो, ४७० फिलिपिनो मुद्रा, ३५३ थान एटिएम कार्ड, मोबाइल फोन छ थान, ल्यापटप दुई थानलगायतका सामग्री बरामद गरेको छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment