Friday, November 11, 2016

नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध अमेरिकाभरी प्रदर्शन.... भिडियो==>>


निर्वाचन अभियानभरी आक्रामक शैलीमा प्रस्तुत भएका नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिभिन्न रुपबाट देशभर प्रदर्शन भइरहेका छन् ।

निर्वाचन अभियानको क्रममा आवेशमा आई उनले मेक्सिकालीहरुलाई “अपराधी”, अफ्रिका तथा अन्य मुलुकबाट आएका आप्रवासीहरुलाई “बदमास र देशद्रोही” भन्ने शव्दले आरोप लगाएपछि रुष्ट भएकाहरु र हिलारी क्लिन्टनको हारपश्चात् खिन्न भएका डेमोक्र्याटिक समर्थकहरु समेत मिलेर देशका सबैजसो ठूला, साना सहरहरु सर्वत्र जुलूस, नाराबाजी गर्दै ट्रम्प बिरोधी प्रदर्शनको श्रृङखलावद्ध अभियान नै शुरु भएको छ ।
निर्वाचन परिणाम घोषणापश्चात् शुरु शुरुमा देखिएको असन्तुष्टि र विरोध प्रदर्शनलाई राष्ट्रपति ट्रम्पले “निष्पक्ष र स्वतन्त्र निर्वाचनमा विजयी भएको राष्ट्रको बिरोध गर्न भरौटे प्रदर्शनकारीहरुको भीड, सञ्चारमाध्यमहरुले उक्साएर आएकाहरु, बदमासहरुको कुकृत्य” भनी ट्वीटरमा लेखेका थिए । नवनिवार्चित राष्ट्रपतिको ट्वीटर सन्देशले अरुमा पनि उत्तेजना बढ्न मद्दत पुग्यो र प्रदर्शनकारीहरु थपिँदै गई दुई तीन दिनभित्रै देशभरी नै विरोधको शृङ्खला फैलिन गै कतै कतै हिंसात्मकसम्म पनि भएको जनाइएको छः पोर्टल्याण्ड, ओरिगानः ट्रम्प विरोधी व्यापक प्रदर्शनले यहाँ उग्ररुप लिन लागेको छ । उनको ट्वीटर सन्देशप्रति प्रतिकृया जनाउने क्रमले आगोमा ध्यु थप्ने काम गरेको छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment