कातीक-२६, हिन्दु दर्शनको अनुसार बास्तु शास्त्रले मानीसको जिवनमा देखी लिएर हरेक कुरामा प्रतक्ष्य वा अप्रत्यक्ष रुपमा गहन भुमिका खेलेको हुन्छ । आज हामी बास्तु शास्त्र अनुसार धन आर्जनमा के कुराले बिषेस भुमीका खेलेको हुन्छ भन्ने बिषयमा चर्चा गर्ने छौं ।
१- माटोको घडा: घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।
२- घरको दक्षिण- पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।
३- घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ। यसो गर्दा धनको अभाव दुर हुन्छ ।
४- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।
५- घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।
Loading...

No comments:
Post a Comment