Thursday, November 10, 2016

११३ एटीएम कार्ड र २६ लाखसहित अवैध रुपमा पैसा झिक्ने दुर्इ भारतीय पक्राउ

काठमाडौं– बैंकका एटीएम कार्डबाट एटीएम मेसिनमा गई अवैध तरिकाले अर्कै खातावालको खाताको पैसा झिक्ने कार्यमा संलग्न २ जना टर्किस नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा ५२ वर्षीय मुहरिम युजुन र ३२ वर्षका सेलाहातिन यहार रहेका छन्। उनीहरुले कान्तिपथमा रहेको नविल बैंकको एटीएमबाट अनधिकृत रुपमा अर्कोको खाताको पैसा निकालेको प्रहरीले जनाएको छ।
 प्रहरीका अनुसार पर्यटक भिसामा नेपाल आई कान्तिपथका स्थित होटेल यलो प्यागोडामा बसेका उनीहरुलाई उक्त होटलबाटै पक्राउ गरिएको हो। उनहरुका साथबाट २६ लाख ७५ हजार नेपाली रुपैयाँ, १ हजार ६ सय ५० अमेरिकी डलर, ११३ थान विभिन्न किसिमका एटीएम कार्ड, २ थान मोबाइल फोन एटीएम कार्डका पिन नम्बर लेखिएका ८ पाना कागजलगायतका सामान बरामद गरिएको छ।

उनीहरुले गएको मे २६ देखि नोभेम्बर ७ सम्म गरी पर्यटक भिसामा नेपाल आई युरोपबाट आफूसँग ल्याएको एटीएम कार्डहरुबाट विभिन्न बैंकबाट नेपाली नोट झिक्दै डलर साट्दै नोभेम्बर १२ मा फर्किने योजना बनाइरहेको खुलेको प्रहरीले जनाएको छ।

यस अघि एटीएम कार्डबाट अवैध रुपमा पैसा झिक्ने समुहसँग यिनीहरुको सम्बन्ध हुनसक्ने प्रहरीको आशंका छ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment