Friday, November 11, 2016

भिडियो : दुर्व्यसनमा फसेको मेरो राजकुमार

आज म जहाँ उभिएर आफ्नो घरलाई हेरिरहेको छु, दश वर्षअघि यही आँगनमा खुसीले आकाश छुन्छु झैं गरी उफ्रिएकी थिएँ । प्रथम भएको एसएलसी नतिजाले मलाई आकाश छुने हिम्मत दिलाएको थियो ।

आज फेरि यही ठाउँमा उभिएर यो घरलाई माइतीघरमा रुपान्तरण गर्दै पराइ घरलाई आफ्नो बनाउने साहसमा उभिएको छु । जमीन उही, घर उही, म उही, साहस पनि उही । तर कथा बदलिएको छ। कथामा मेरो भूमिका पनि बदलिएको छ।

त्यतिबेलाकी अल्लारे स्मृति कसैकी दुलही भएर अन्मिन आँगनमा उभिएकी छे । रातो पहिरन, गहना, श्रृंगारपटार, जीवनको नयाँ आधार बनेर आएको मेरा दुलाहाले लगाइदिएको सिन्दूर पोते अनि नयाँ जिन्दगीको उत्साहले म साँच्चै बिछट्टै राम्री देखिएकी हुनुपर्छ । आज वर्षकै सबैभन्दा राम्रो साईत भएको दिन रे, माघ शुक्ल त्रयोदशीको दिन अर्थात् फागुन ३ गते ।

यति कुरा सोच्दासोच्दै मेरा आँखा ठीक अघिल्तिर उभिएको युवक माथि पर्यो । सफा चटक्क लुगा लगाएको, अधरभरी मुस्कान लिएर उभिएको मेरो पुकु निकै बदलिएको थियो दश वर्षको अवधिमा । रूप रंग, व्यवहार, जिउने कला अनि हरेक कुरामा उ बिल्कुल अलग भएको थियो भेट भएको समयभन्दा । मेरो जीवनमा दश वर्ष अघि उ प्रणय नाम गरेको साथी बनेर आएको थियो। समयले उसलाई मेरो पुकु बनाइदियो।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment