” हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका तँ KMC जा, टिकेट काट् , डक्टरको मा जा, जेसुकै गर्, तर प्रेग्नेन्सी को टेस्ट गराएर आइज । “
मेरो मन अझै मान्न तयार छैन कि म गर्भवती छु । असारको पहिलो सातामा हामी बहकियौँ । यती अचानक भयो त्यो सब कि न सुरक्षित हुने हेक्का थियो न समय नै । आइपिल किनेर उसले मलाई जब ख्वायो , ढुक्कथियौँ हामी । त्यसबिचको एक महिनामा यती सब भयो कि ती दुइ चक्किमाथी आँखा चिम्लिएर बिश्वास गरेझैँ बिर्सियौँ सब । जब होशमा आएँ, तब याद आयो महिनावारी रोकिएको, अनि झास्किएँ । रोकिएको महिनावारिले हाम्रो रोकिएको बोलचाल भने ब्युँझाइदियो, तर यहाँ खुशी हुने कारण छैन ।
” तर सबिन, मैले दुइपटक टेस्ट गरिसकेँ किट किनेर, दुबै पटक नेगेटिभ भनिसक्यो,तर पनि तँ किन म प्रेग्नेन्ट छु भनिराख्छस् ? “
दुइपटक, सायद तीनपटक । पहिलो पटक स्कार्फले मुख छोपेर बसपार्क पुगेकी थिएँ, प्रेग्नेन्सी टेस्ट किट किन्न । जसोतसो हिम्मत जुटाएर, तयार भएर गएकी थिएँ म, झेल्नलाई घृणा भरिएका नजर एक केटीमाथी जो जवानीको जोशमा बहकिएर आएकी थिइ, यो जान्न कि त्यो गल्तिको परिणाम उसले भोग्नु लेखिएको छ या छैन । तर त्यहाँ त यो घटना यती सामान्य भयो, मानौँ म प्रेग्नेन्सी टेस्ट किट नभएर चकलेट किन्न गएकी थिएँ । सायद साहुजिलाई बानी थियो जवानिको जोशमा सुरक्षा जुटाउने र जुटाउन नभ्यायी मुख लुकाएर परिणामको डरले आउने ग्राहकलाई भिटामिन बेचेसरी यि सब बेच्न । साहुजिलाई सोध्ने कुरा भएन कसरी
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

Loading...

No comments:
Post a Comment