Sunday, October 2, 2016

‘ओभरटेक’ गर्न खोज्दा हेम्जामा बस दुर्घटना, दुईको मृत्यु, २५ जना घाइते,LIVE भिडियो हेर्नुस


काठमाडौंबाट बाग्लुङको बुर्तिबाङ गइरहेको एउटा रात्री बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै सोमबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी नेटाका अतिस अर्याल र मनरुपा अर्याल रहेको प्रहरीले जनाएको छ । ग।१ ख।६१६९ नम्बरको उक्त बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।


घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पोखराबाट बाग्लुुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको स्थानियबासीले जानकारी दिएका छन् ।


घाइतेहरुलाई उपचार लागि पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment