Sunday, October 16, 2016

चिन रास्ट्रपतिले नेपाललाइ सहयोग गर्ने भन्ने कुरा गर्दा नरेन्द्र मोदीको अनौठो प्रतिक्रिया ,हेर्नुस भिडियोमा


भारतको गोवामा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा साइडलाइन वार्तामा शनिबार साँझ ७ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङले द्विपक्षीय भेट सके ।

त्यसको केही क्षणपछि होटेलको आफ्नो कोठानजिकै रहेको अर्को एक वेटिङ रुममा प्रधानमन्त्री दाहाल पुत्र प्रकाश दाहाल र पत्नी सीतासँग बसिरहेका थिए ।

अचानक चिनियाँ राष्ट्रपति सी त्यहाँ आइपुगे । दाहाल छक्क परे । उनले सोच्दै सोचेका थिएनन्, यसरी चिनियाँ राष्ट्रपतिसँग एकल वार्ता हुनेछ । दाहालले चिनियाँ राष्ट्रपति सीसँग एक्लै १५ मिनेट वार्ता गरे ।

वार्तामा सीले आफू नेपाल आउन अति इच्छुक रहेको बताए । ‘म तपाईंको मुलुक आउन चाहन्छु । चाँडै आउँछु', उनले भने । दाहालले आफू स्वागत गर्न आतुर रहेको बताए ।

दाहाल र सी जिनपिङबीच ‘वेटिङ' रुममा कुरा भइरहेकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी टुप्लुक्क आइपुगे । दाहाल खुसीले गदगद भए । दाहालले मोदीसँग पनि एकल वार्ता गर्न भ्याए ।

त्यसपछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच १५ मिनेट संयुक्त कुराकानी भयो । वार्तामा मोदीले नेपालसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताए ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment