Friday, October 21, 2016

'लुट २' को आइटम गीत सार्वजनिक (भिडियो)


बलकबस्टर फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ को ‘ठमेल बजार’ बोलको आइटम गीत सार्वजनिक भएको छ। भिडियोमा एलिसा राईले ‘सुन्दरी’को भूमिकामा मादक नृत्य गरेकी छन्।

कालिप्रसाद बास्कोटाको एकल संगीतमा तयार गीत एकतारे र बास्कोटाले लेखेका हुन् भने मीना निरौला, भानुभक्त ढकाल र बास्कोटाले संयुक्त स्वर दिएका छन्। भिडियोको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्।

निश्चल बस्नेत निर्देशित फिल्मको गीतको भिडियोमा बस्नेत आफैंले पनि अभिनय गरेका छन्। सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, ऋचा शर्मा, विपिन कार्की, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेलगायत अभिनित फिल्म फागुन १३ गते रिलिज हुनेछ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment