Monday, October 3, 2016

भारत पाकिस्तान बीच युद्ध हुन सक्ने सम्भावनामा नाना पाटेकरले बोलेका मनछुने शब्दहरु,हेर्नुस भिडियोमा


पत्रकारहरूको प्रश्नको जवाफ दिदैं पाटेकरले भने ‘मलाई लाग्छ कि पाकिस्तान, कलाकार यो पछिको कुरा हो, पहिले मेरो देश । देशको अगाडि म कसैलाई चिन्दिन र चिन्न पनि चाहन्न ।’ उनले थपे ‘ हामी कलाकार देशका अगाडि किराफट्याङ्ग्रा सरह, कत्ति पनि छैनौं । हाम्रो मूल्य केही छैन, पहिले देश हो ।’
पाकिस्तानी कलाकारको विवादमा बलिउडमा राय फरक– फरक रहेको भन्ने विषयमा सोधिएको प्रश्नमा पाटेकरले भने ‘बलिउड के भन्छ मलाई थाहा छैन । मैले साढे दुई वर्ष सैनिक सेवामा विताएकाले मलाई थाहा छ, हाम्रा सैनिक जवानभन्दा हिरो संसारमा कोही छैन र हुन सक्दैन ।’
उनले भने ‘असली हिरो सैनिक जवान हुन् । हामी त सामान्य मान्छे हौं । हामी जे बोल्छौ त्यसलाई ध्यान नदेऊ ।’ पाटेकरले पत्रकारहरूलाई भने ‘तपाईहरूले बुझ्नु भयो होला म कसको बारेमा कुरा गर्दै छु । हामी जो प्यार्–प्यार् बोल्छौं, त्यता ध्यान नदेउ । त्यति महत्व नदेउ त्यसलाई, त्यति महत्व दिने हैसियत छैन उसको ।’ उरीमा भएको आतंककारी आक्रमण र भारतीय सेनाले गरेको सर्जिकल स्ट्रइकका कारण दुवै देशबीच तनाव बढेको छ । पाकिस्तानमा भारतीय सिनेमालाई प्रतिवन्ध लाइएको छ । भारतमा पनि पाकिस्तानी कलाकारलाई देश छाड्न आदेश दिइएको छ ।
- See more at: http://www.osnepal.com/214709#sthash.0HD4Yh7a.dpuf
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment