प्रचण्ड सरकार ढल्ने निश्चित.एक बिज्ञप्ती जारी गरी नया सरकारको घोषणा कसरी हुने तयारी छ,हेर्नुस भिडियोमा
‘अब हामी बढीमा संविधान संशोधनका लागि छठ पर्वसम्म सरकारको निर्णय पर्खन्छौं,’ झाले भने, ‘त्यतिबेलासम्म पनि संशोधन नहुने हो भने पहिलो विरोधस्वरुप सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’ गत साउन १९ गते कांग्रेस–माओवादी गठबन्धनको सरकार बनाउन मोर्चामा आवद्ध सातवटा मधेसवादी दलका ४२ सांसदले दाहाललाई मतदान गरेका थिए । कांग्रेस र माओवादी नेताले प्रधानमन्त्रीका लागि दाहाललाई मत माग्दा गरेका तीनबुँदे सम्झौता एक महिनाभित्र कार्यान्वयन गर्ने सहमति गरेका थिए । जसमा एउटा मोर्चाले र दुईटा बुँदा सरकारको तर्फबाट कार्यान्वयन गर्नुपर्ने सहमति थियो । मोर्चाका नेता केशव झाले मधेसवादी दलले दाहाललाई प्रधानमन्त्रीमा मत दिएर सहमति कार्यान्वयन गरे पनि सरकारले मधेस आन्दोलनक्रममा लगाइएका मुद्दा फिर्ता तथा सहिद घोषणाको टुंगो नलगाएको र संविधान संशोधन प्रक्रिया सुरु नगरेर सहमति कार्यान्वयन नगरेको गुनासो गरे । ‘कहिलेसम्म सरकारलाई पर्खने ?’ उनले भने, ‘आफैंले प्रतिबद्धता जनाएको सहमति कार्यान्वयन हुन सक्दैन भने यो सरकारलाई किन टिकाउने ?’ उनले आक्रोश पोखे । सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने मोर्चाका नेताहरूको भनाइ छ ।
Loading...
No comments:
Post a Comment