जिप दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव फेला परेको छ। दुर्घटना भएको ठाउँभन्दा करिब ३० किलोमिटर तल दासढुंगा नजिकै घिमिरेको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए। घिमिरेको साथमा रहेको बैंकको एटिएम कार्डबाट पहिचान खुलेको हो। पोस्टमार्टमका लागि उनको शव काठमाडौं ल्याइने भएको छ।
Loading...
No comments:
Post a Comment