Sunday, October 2, 2016

सर्जिकल स्ट्राइकको चारदिनपछि भारतीय सैन्य शिविरमा चरमपन्थी हमला


कश्मीर– पाकिस्तान प्रशासित कश्मीरमा हमला गरेर चरमपन्थी समूहका शिविर ध्वस्त पारेको भारतीय दावी आएको चार दिनमा चरमपन्थी समूहले भारत प्रशासित कश्मीरमा हमला गरेका छन् ।

इतवार राती करिव ६ जना चरमपन्थीले बारामूलास्थित ४६ नम्वर राष्ट्रिय राइफल्स तथा बीएसएएफको क्याम्पमा हमला गरेका थिए । राती १० बजेबाट भएको हमलामा एक सैनिक र दुई चरमपन्थी मारिएको भारतीय संचार माध्यमले जनाएका छन् । सुरक्षाबलका कारण चरमपन्थी सुरक्षा शिविरमा पस्न पाएका थिएनन् ।

कश्मीरमा काउन्टर टेरर अपरेशन युनिटका लागि काम गरेको सैन्य शिविरमा चरमपन्थी हमला भएको हो । उरी हमलाको १४ दिनपछि भारत प्रशासित कश्मीरमा भएको यो अर्को सैन्य हमला हो । उरी हमलामा १९ भारतीय सैनिक मारिएका थिए ।

भारतले गत साता मात्र सर्जिकल स्ट्राइक गरेर पाकिस्तान प्रशासित कश्मीरमा रहेका चरमपन्थी समूहका शिविर ध्वस्त पारेको तथा हमलामा ३८ चरमपन्थी मारिएको दावी गरेको थियो ।

बारामूलामा राती १० बजेबाट शुरु भएको भीडन्त राती साढे १ बजे सकिएको थियो । अहिले सर्च अप्रेशन चलिरहेको भारतीय मिडियाले बताएका छन् । शुरुमा चरमपन्थीले सैन्य शिविरमा ग्रिनेड फालेर हमला शुरु गरेका थिए । पछि भारती मात्रामा गोलावारी भएको थियो ।
उरी हमलापछि भारत–पाकिस्तान तनाव बढेको छ । यही कारण सर्क सम्मेलन समेत स्थगित भएको छ
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment