लमजुंग निवासी मुक्तिनाथ अधिकारि एक इमान्दार प्रधानाद्यापक का साथै एक मिलनसार मानिस थिए | तिनी विद्यार्थीलाई आफ्नै छोरा छोरि सरह माया प्रेम गर्दथे | प्रधायानाद्यापक का साथै तिनी कक्षा -१० मा विद्यार्थी लाई पढाउथे पनि | गाउमा रहेको पद्मिनी सस्कृत उच्च माद्यमिक बिद्यालय मा तिनको अगुवाइमा गरिब र बन्चित जनता यो स्कुल गाउमै भएकोले अलिकति भएपनि ढुक्क थिए |
सन् 2002 को एक दिउसो हात हथियार धारी एक समुहले आएर तिनलाई जबर जस्ती पक्डेर जंगल तिर घिसारे ,कुटपिट र तानातानले जंगलको बिचमा पुग्दा सम्म तिनी आधि सास भैसकेका थिए | जंगलको बिचमा एक ठुलो रुखमा तिनलाई पछाडी बाट बाधियो अनि बाधे पछि गनले टाउकोमा गोलि हानियो | तिनी बिचरा अगिनै आधि मासु भैसकेको थियो गोलीले आय्या पनि भन्नु नपाई एकातिर लुडकिए |
घरमा हाहाकार मचियो ,श्रीमती ,छोरा ,छोरि ले केहि सोच्न सकेनन | किन र के कारण मारियो ? पछि बुज्दा थाहा पाइयो दसैको बेला सिक्षक को दसैँ को तलब र बोनस को 25 % चन्दा मागेका थिए | त्यही चन्दा माओबादी लाई नदिएको आरोपमा तिनको निर्मम तरिकाले हत्या गरियो | पछि छोरा छोरि सहित श्रीमती ज्यान बचाउन त्यस ठाउ बाट बिस्थापित भए |
Loading...
निर्दोष शिक्षकलाई धेरै पाशबिक याताना दिने यिनिहरु नरपिचास हुन।
ReplyDeleteसही अर्थ मा माओबादी र खास गरेर यि दुइ चन्ड र मुन्ड लाई चिन्न चाहने सुन्नै पर्ने भिडियो हो यो
ReplyDelete