Sunday, September 18, 2016

प्रचण्डले दिल्लीमा राष्ट्रघात गरेर फर्किएको वैद्य माओवादीको आरोप


काठमाडौँ, ३ असोज - नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत गएर राष्ट्रघात गरेको आरोप लगाएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै वैद्यले भारतसँगका १९५० लगायत सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकामा प्रधानमन्त्रीले ती सबै सन्धि सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिनु गम्भीर राष्ट्रघात भएको उल्लेख गरेका छन्।

‘भारतसित गरिएका सन् १९५० लगायतका सबै असमान सन्धि सम्झौता तथा सहमति खारेज गर्ने कुरा हुँदै आएकोमा नेपालका प्रधानमन्त्रीद्वारा पुराना ती सबै सन्धि सम्झौता तथा सहमतिहरुलाई निरन्तरता दिने कुरा स्वीकार गरिएको छ, वैद्यले भनेका छन्, यो एकातिर गम्भीर राष्ट्रघात हो भने अर्कोतिर भविष्यमा अझ राष्ट्रघाती सन्धि सम्झौता गर्नका लागि पृष्ठभूमि तयार पारिएको कुरा स्पष्ट हुन्छ। 
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment