हालै भारतीय च्यानलबाट प्रसारण भइरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु ’को उत्कृष्ट तीनमा छनोट भएका नेपाली युवा सुशान्त खत्री काठमाडौंमा आएका छन् । काठमाडौको कपनमा बस्ने सुशान्त आज बुधबार साँझ ७ बजे काठमाडौँ आएका हुन् । पछिल्लो समय भारतीय विभिन्न टेलिभिजन च्यानलमा सञ्चालन भइरहेको रियालिटी ‘शो’हरुमा नेपालीहरुको आर्कषण बढ्दो छ । आर्कषर्णको साथै सहभागीता जनाउनु र प्रतियोगीता जितेको उदाहरण पनि छन् ।
डान्स प्लस टूको टेलिभिजन क्र्युसँगै नेपाल आएका सुशान्तले काठमाडौँ रहँदा बिभिन्न कार्यक्रममा सहभागिता जनाउने उनका बुवा हनुमान खत्रीले जानकारी दिए । नेपाली प्रशंसकहरुलाई धन्यवाद दिन काठमाडौँ आउन लागेका सुशान्तलाई स्वागत गर्ने बुधबार साँझ नुत्यप्रेमी युवाहरुको ठूलौ जमात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएको हो । उनी आउँदो भोली मुम्बई फर्किंदै छन् ।
Loading...
No comments:
Post a Comment