Wednesday, September 21, 2016

उरीको जवाफ दिन पाकिस्तान घुसेर भारतले भीषण आक्रमण गर्यो



जम्मु-कश्मिरको उरीमा आफ्नो सेना क्याम्पमा आतंकारी आक्रमणको भारतीय सेनाले बदला लिएको छ। स्पेशल फोर्सको दुई समुहले उरी क्षेत्र नजिक पाकिस्तानी अधिकृत कश्मीर (पिओके) स्थित ३ ट्रेनिङ क्याम्प ध्वस्त गरेको भारतीय मिडियाले जनाएका छन्। यो आक्रमणमा करिब २० आतंककारी मारिएको जनाइएको छ। साथै २०० बढी आतंककारी घाइते भएको बताइएको छ।सेनाको सुत्रको हवाला दिदैँ भारतीय मिडियाले यो आक्रमण २०-२१ सेप्टेम्बरको रात गरिएको बताइएपनि कुनै आधिकारिक पुष्टि भने गरिएको छैन। आक्रमणको लागि भारतीय सेनाले हेलिकप्टरको पनि मद्धत लिएको भनिएको छ। पाकिस्तान द्वारा पिओके क्षेत्रमा ‘नो फ्लाई जोन’ घोषित गर्नु पूर्वनै भारतले यो आक्रमण गरेको हो।

उरी आक्रमण पश्चात पाकिस्तानले भारतको रणनीतिलाई विचार गर्दै पाकिस्तानको सिमावर्ती इलाकामा आफ्नो गतिविधि तिव्र गरेको छ। साथै गिलगित-बाल्टिस्तान क्षेत्र तथा अन्य प्रमुख इलाकामा ‘नो फ्लाई जोन’ घोषित गरेको छ। भारतले कुनै हवाई कारवाही गरे सजिलै प्रतिकार गर्न पाकिस्तानले सो क्षेत्रमा उडान प्रतिबन्ध लगाएको हो। यो संगै ट्वीटरमा “Spl Forces Cross LoC” र “Kill 20 Terrorists” भारतमा ट्रेन्डिङ भएको छ। १८ सेप्टेम्बरमा उरी आक्रमणमा १८ भारतीय सेना मारिएका थिए। त्यो बेला देखि पाकिस्तान र भारत बिच तनाव उत्कर्षमा छ। भारतले पाकिस्तानलाई जवाफ दिन हिजो सीमामा ट्याङकर पठाएको समेत खबर आएको थियो।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment