Sunday, September 25, 2016

माधव घिमिरेका चालकको बयानः दमौलीबाट तिमी थाक्यौ, केबुलकारसम्म म गाडी चलाउँछु भन्नुभयो आमालाई मुक्तिनाथ धामको तीर्थाटन गराएर फर्किँदै थिए पूर्वमन्त्री घिमिरे



माधव घिमिरेका चालकको बयानः दमौलीबाट तिमी थाक्यौ, केबुलकारसम्म म गाडी चलाउँछु भन्नुभयो
आमालाई मुक्तिनाथ धामको तीर्थाटन गराएर फर्किँदै थिए पूर्वमन्त्री घिमिरे
र्घटनास्थलमा उद्धारकर्मी । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए ।
हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए ।

त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने- दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।

दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए-तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।

घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने- केबलकार चढ्ने ठाउँ आउन एक/दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment