प्रचण्डले चीनविरुद्ध मोदीसँग गरे यस्तो सहमति, भारतीय पत्रिकाको खुलासा, हेर्नुहोस के लेखे भारतीय पत्रिकमा(भिडियो हेर्नुस)
भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध नयाँ सहमति गरेको खबर बाहिर आएको छ ।
भारतको एक दैनिक पत्रिकाले शनिबारको अंकमा नेपालका प्रधानमन्त्री र प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार भएको भेटमा नेपाल चीनबाट टाढा रहने सहमति भएको दाबी गरेको छ ।
शीर्षकमै उसले लेखेको छ- ‘नेपाल में नहीं गलेगी चीन की दाल ।’ यसैगरी उपशीर्षकमा लेखेको छ- ‘प्रधानमन्त्री मोदी से वार्ता मे नेपालके पीएम प्रचण्ड अब चीन से दूरी पर सहमत ।’
यो समाचारमा नेपालमा बढ्दो चिनियाँ प्रभाव कम गराउन र भारतविरोधी भावनामा न्युनिकरणका लागि दुई देश मिलेर जाने सहमति भएको पनि उल्लेख छ ।
संयुक्त विज्ञप्तिमै भएको कुरा आयो
यसअघि नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा पनि घुमाउरो भाषामा नेपाल चीनसँग टाढा हुनुपर्ने संकेत गरिएको छ । वक्तव्यमा नेपाल भारत सम्बन्धलाई ‘पृथक सम्बन्ध’ भनेर चीनलाई टाढा भन्न खोजिएको छ ।
Loading...
No comments:
Post a Comment