काठमाडौं: डा. गोविन्द केसीले चाहेका व्यक्तिलाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गर्दै मेडिकल काउन्सिल र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यसम्पादन छानबिन गर्न न्यायिक आयोग गठन गर्न सरकार राजी भएपछि आइतबार बिहान उनले अनशन तोड्ने भएका छन् । डा. केसीले २२ औं दिनमा अनशन तोड्ने भएका हुन् ।
उनले अघि सारेका मुख्य माग पनि कार्यान्वयन गर्न सरकार तयार भएपछि निर्माण गरिएको १२ बुँदे सम्झौतापत्र उनले स्वीकार गरे पनि त्यसमा हस्ताक्षर गर्ने र अनशन तोड्ने समय आइतबारका लागि सारेका हुन् । वार्तामा खटिएका एक सदस्यले डा. केसीको ज्यान जोखिममा परेको भन्दै चौतर्फी दबाब परेपछि रातदिन खटिएर उनले अघि सारेका माग पूरा गराउन लागिपरेको तर उनले भने हस्ताक्षर गर्न र अनशन तोड्न समय सार्दा आफूहरूलाई दुःख लागेको बताए ।
'डा. केसीको ज्यान धरापमा परेको भन्दै हामी दिनरात केही नभनी लाग्यौं । उहाँको स्वास्थ्य गम्भीर थियो भने सरकार माग पूरा गर्न तयार भएपछि तत्कालै हस्ताक्षर गरेर अनशन तोड्नुपथ्र्यो ।' ती सदस्यले प्रश्न गरे, 'अनशन लम्बिँदै जाँदा उहाँको स्वास्थ्यमा केही असर गर्दैन ? '
त्रिवि कार्यकारी परिषद्ले शनिबार संस्थानको डिनमा डा. जगदीश अग्रवाललाई नियुक्त गरेपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा केसी पक्ष र सरकारी टोलीबीचको वार्तामा सम्झौतापत्र तयार गरिएको थियो । उक्त पत्र डा. केसीलाई पढेर सुनाएपछि उनले सम्झौतापत्र कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्न तोकिएको १५ दिन समयसीमालाई साता दिनमा झार्नुपर्ने अडान लिएका थिए ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

Loading...

No comments:
Post a Comment