काठमाडौं ६ पुष – धानमन्त्री पुष्पकमल दाहालले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास गराउन आफू ज्यान फालेर नलाग्ने बताएका छन् ।
१५ दिनभित्रै धनगढीमा दोस्रो पटक ७ नं प्रदेशका अगुवा कार्यकर्तालाइ पुन प्रशिक्षण दिँदै दाहालले भने ‘म ज्यान फालेर प्रस्ताव पास गराउने पक्षमा छैन’। ‘कांग्रेस , मधेसवादी सबैले स्वामित्व लिनु पर्छ’ उनले भने, ‘म काठमाडौं पुग्नेबित्तिकै एमालेसँग संसद खोल्नका लागि पहल गर्छु’ ।

कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ
१५ दिनभित्रै धनगढीमा दोस्रो पटक ७ नं प्रदेशका अगुवा कार्यकर्तालाइ पुन प्रशिक्षण दिँदै दाहालले भने ‘म ज्यान फालेर प्रस्ताव पास गराउने पक्षमा छैन’। ‘कांग्रेस , मधेसवादी सबैले स्वामित्व लिनु पर्छ’ उनले भने, ‘म काठमाडौं पुग्नेबित्तिकै एमालेसँग संसद खोल्नका लागि पहल गर्छु’ ।

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र निर्वाचनका विषयमा एमालेसँग छलफल गरी संसद खुलाउनु पर्ने बताउँदै दाहालले भने, ‘प्रस्ताव फिर्ता हुँदैन बरु सहज तरिकाले पास फेल जे हुन्छ त्यसमा मलाई कुनै आपत्ति छैन’ । एमालेसँग यो विषयमा स्पष्ट कुराकानी गरेपछि संसद खुल्ने र निर्वाचनका लागि तयारी सुरु हुने उनले दाबी गरे ।
स्थानीय निर्वाचन गराउने र लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पास गराउने शर्तमा संशोधन प्रस्तावप्रति प्रधानमन्त्रीले आफू लचिलो हुने संकेत दिँदै कार्यकर्तालाई भने, ‘तपाईंहरु स्थानीय निर्वाचनका लागि तयार भएर लाग्नुहोस् । दाहाल सुदूरपश्चिम आउने पूर्वसन्ध्यामा सुदूरपश्चिममा ठूलो संख्यामा नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका विषयमा पनि उनले चिन्ता नलिन कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘जानेलाई रोक्न सकिँदैन इमान्दार कार्यकर्ताले पार्टी परित्याग गरेका छैनन् ।’
Loading...
No comments:
Post a Comment