भैरहवा, २१ मंसिर । भैरहवामा ससंविधान संशोधनविरुद्ध आज हुन लागेको विशल जनप्रदर्शनमा भिडन्तको खतरा बढेको छ । गर्ने भएका छन् । आन्दोलनरत नेकपा एमाले र एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियु, युवा संघ नेपाल, अनेम संघ लगायतका भातृ संगठन, राजमो, नेमकिपा, नेकपा माले, नेविसंघ र सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाईमा प्रदेशवासी भैरहवाको प्रदर्शनमा सहभागी हुन लागेका हुन् । सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशलाई टुक्राउन खोजेपछि एक हप्तादेखि आन्दोलनरत प्रदेशवासीले आज रुपन्देहीको भैरहवामा विशाल जनप्रदर्शन गर्ने भएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा हुने प्रदर्शनको तयारीलाई सबै संघसंस्था र आम नागरिकले साथ दिने एमाले जिल्ला सदस्य इन्द्रजीत यादवले बताए ।
संसोधन विरोधीहरुको प्रदर्शन हुन लागेको दिन पारेरै यता, भैरहवादेखी ८ किलोमिटर पूर्व धकधईमा संविधान संशोधनको पक्षमा आजै मधेसी मोर्चाले आमसभा आयोजना गरेको छ । सो सभालाई नयां शक्ति नेपालका मातृका यादव, तमलोपाका उपाध्यक्ष हृदेश त्रिपाठी लगायतले सम्बोधन गर्ने भएका छन् । यसअघि आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी मधेसी मोर्चाले पाँच नम्बर प्रदेशको आन्दोलन नरोकिए प्रतिकार गर्ने चेतावनी दिएको थियो । सोही अनुरुप मोर्चा आमसभामार्फत प्रतिकारमा उत्रिएको छ ।
यसले सुरक्षा चुनौति बढेको र भीडन्तको खतरा रहेको भन्दै दुई पक्षबीच भीडन्त समेत हुनसक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता बढाएको छ । विहानैदेखी भैरहवा क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीलाई पुरा तयारी स्थितिमा राखिएको प्रहरीको दाबी छ ।
कृपया पर्खनुहोस, भिडियो
60
सेकेण्डमा लोड हुदै छ

Loading...

No comments:
Post a Comment