पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् ।
ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र २/३ महिना विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरै थरी कुरा सुनिसकेकी बताउने नौना भविष्यमा राम्रो कलाकार बन्ने सोचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले २/३ महिनाको अवधिमा एउटा म्युजिक भिडियोमा काम गरेकी छन् । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीको स्वरवद्ध गीत ‘तिमीबाट टाढा हुँदा’ बोलको गीतमा नैनाले अभिनय गरेकी छन् ।
Loading...
No comments:
Post a Comment